मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

मानव तस्करीको जालोमा कोशीका गृहमन्त्री, सात जना पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

जापानमा हुने कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई बोलाएर मानव तस्करी गरिएको खुलेको छ । यसमा संलग्न ७ जना पक्राउ परेका छन् । 

कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई जापानमा हुने सांस्कृतिक कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएको थियो । उनीसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोज्ने सातजना पक्राउ परेका हुन् । जापान जान खोज्नेमा जनक राई, दावा शेर्पा, देवकोटा थरका एक जना छन् ।

मन्त्री अधिकारीले आफूलाई थाहै नदिई अन्य तीन जनालाई सचिवालय कर्मचारी बनाएर जापान लैजान खोजिएको दावी गरे । उनीहरूसँग मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत रहेको उनले बताए ।

आफूसँगै अन्य नचिनेका तीन जनालाई सचिवालयका सदस्य बनाएर जापान लैजान खोजेको थाहा पाएपछि आफू एयरपोर्टबाटै फर्किएको अधिकारीको भनाइ छ ।

उनले भने, ‘मानव तस्करहरूले मेरो नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा पाएपछि म फर्किएँ । म नेपाल आएपछि उनीहरू पनि जापान जान पाएनन् ।’

अधिकारीका अनुसार नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई हङ्ककङ्ग ट्रान्जिटबाट जापान उडाउन खोजेका थिए । हङ्ककङ्ग एयरपोर्टमा पुगेपछि आफूले सबै कुरा थाहा पाएको उनले बताए ।

घटनाका विषयमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि पुष्टि गरेको छ ।मन्त्री अधिकारीले भने, ‘मैले हङ्कङ्क पुगेपछि मानव तस्करहरूको धन्दा थाहा पाए । उनीहरूले सचिवालयका नक्कली सदस्य बनाएर परिचयपत्र समेत बनाइ दिएका रहेछन् ।
‘मप्रति भएका नकारात्मक टिका टिप्पणीलाई अध्ययन अनुसन्धान र छानबिन गर्न पनि सहजता होस् र यस्ता जिम्मेवार पक्षमा रहने जिम्मेवार पार्टीका जिम्मेवार जनप्रतिनिधिहरूले जनताकै बिचमा पनि जाँदा आफूलाई लागेको आक्षेपमा नैतिक रूपले बसिरहन उचित हुँदैन भन्ने ठानिकन मैले राजीनामा दिएको छु,’ उनले थपे ।

घटनाका संलग्न गिरोह पक्राउ परेपछि अधिकारीले आज राजीनामा दिएका छन् । प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारी समेत नदिई कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते फर्किएका थिए ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर सिआईबीले अनुसन्धान गरिरहेको छ । अधिकारीले अक्टोबर २९ तारिकदेखि नोभेम्बर ३ तारिकसम्म टोकियो महानगरपालिकाको कार्यक्रम रहेको दाबी गरे । सोही कार्यक्रममा उनी गएका हुन् ।

मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ ९२०बाट निर्वाचित एमालेका सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार