मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ जना प्रहरी घाइते, प्रहरीले सामान नियन्त्रणमा लिन सकेन

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२० आषाढ २०८२, शुक्रबार

झापा / धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्रले तस्करी गरेर भित्त्राउदै गरेकाे सामान नियन्त्रणमा लिन सकेन । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।

सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए ।

स्थानीयले तस्करलाई सघाएपछि सशस्त्र प्रहरीले तस्कर र तस्करीको समान समात्न असफल भए । एसपी खड्काले तस्करीको समान नियन्त्रणमा लिने स्थिति नरहेपछि फर्किनु परेको सुनाए । सशस्त्र प्रहरी र तस्करबीच भएको भिडन्तबारे नेपाल प्रहरी भने अनभिज्ञ छन् । धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले भने, ‘तस्करसंग सामान्य विवाद भएको छ । त्यस विषयमा सशस्त्रलाई नै सोध्नुस् न ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार