मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

जागिरबाट निकालेको झाेकमा म्यानेजरको हत्या, दुई जना पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

झापा / जागिरबाट निकालेको झाेकमा पानी उद्योगका म्यानेजरको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बाराकाे प्रसौनी गाउँपालिका-६ भलुही चोकमा रहेको किरण बेभरेज नेपाल प्रा.लि पानी उद्योगका म्यानेजर रामकिशोर सिंहको हत्या भएको थियो। उनको हत्या गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा वीरगन्जका २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रामोद साह तुरहा छन्।

रामकिशोरको शव मंसिर १२ गते बिहान पौने ८ बजे उद्योगभन्दा २५ मिटर उत्तरको खाल्डोमा फेला परेको थियो।

प्रहरीका अनुसार उनीमाथि धारिलो हतियार प्रहार भएको देखिएको छ। 

अनुसन्धानको क्रममा प्रहरीले राजनकुमार र प्रमोदको संलग्नता देखेपछि पक्राउ गरको प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए। 

राजनकुमार पानी फ्याक्ट्रीमा सवारी चालक थिए। गत वर्ष गढीमाइको मेलामा गाडीको क्लच जलाएको निहुँमा उनी र मृतक रामकिशोरबीच झगडा भएको थियो। त्यही झगडापछि राजनकुमारले जागिर छाडेकाे अनुसन्धानमा खुलेकाे छ।

तर पछिल्लो समय फेरि उनले कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म काम गरेका थिए।

प्रहरीको अनुसन्धान अनुसार उद्योगले पानीको बिक्री मूल्य ११० तोकेको थियो। तर राजनकुमारले आफ्नो फाइदाका लागि ११५ देखि १२० सम्म बजारमा बेच्दै आएका थिए।त्यो कुरा म्यानेजर राम किशोरले थाहा पाएका थिए।

थाहा पाएपछि मंसिर १० गते उनले राजनकुमारलाई जागिरबाट हटाएका थिए।

त्यही जागिरबाट हटाएको निहुँमा राजनकुमारले मंसिर ११ गते आफ्ना साथी प्रमोदलाई यसबारे बताएका थिए। वीरगन्जमा सँगै बसेर मदिरा सेवन गरेपछि उनीहरूले हत्या गर्ने योजना बनाएका थिए।

यसरी योजना बनाएपछि राति साढे ८ बजेतिर उनीहरू दुबै जना धारिलो हतियार बोकेर गएका थिए।

उद्योगभित्र पसेर उनीहरूले छुरा र इट्टाको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

हत्या भएको खबर प्रहरीले पाएपछि अनुसन्धान गरी दुई जनाको संलग्नता पत्ता लगाएको थियो। दुबै जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले १६ घण्टाभित्र पक्राउ गरेको हो।

उनीहरूमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले छुरा र इँटा बरामद गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार