मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले सबै उपाधि जिते

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

झापा । जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले सबै उपाधि जितेका छन् । झापाको बिर्तामोडमा मंगलबार सम्पन्न “लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका” शीर्षकमा आयोजित यस प्रतियोगितामा १५ वटा पालिकाका २९ जना विद्यार्थी सहभागी थिए, जसमा १४ जना छात्र र १५ जना छात्रा थिए। बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीको हलमा आयोजित प्रतियोगितामा हिमज्योति अंग्रेजी बोर्डिङ स्कुल दमक ९ की शीतल कुँवर प्रथम भइन्। उनले नगद १० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरिन्।

त्यसैगरी, जयपुर बोर्डिङ स्कुल बुद्धशान्ति २ की पुजन आचार्य द्वितीय हुँदै ७ हजार रुपैयाँको हकदार बनिन् भने इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी रेजिना बन तृतीय स्थान हासिल गर्दै ५ हजार रुपैयाँ प्राप्त गरिन्।

सान्त्वना पुरस्कार पाउनेहरूमा कमल गाउँपालिका ३ को निहारिका अंग्रेजी माविकी छात्रा जुनु दंगाल र बिर्तामोड नगरपालिका २ को मोहनमाया माविकी छात्रा दिप्ती सुवेदी रहेका छन्। उनीहरूले जनही १ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा, शिक्षा विकास समन्वय इकाइको समन्वयमा तथा हिसान, प्याब्सन र एन-प्याब्सनको सहकार्यमा सम्पन्न यस कार्यक्रमले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लागुपदार्थको सेवन लुकाएर गरिने भएकाले यस्ता वस्तुबाट बच्न सबैलाई आग्रह गरे।

 प्रतियोगिताले लागुऔषधमुक्त समाज निर्माणमा युवा पुस्ताको भूमिकालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार