मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

लोकतन्त्रको जग भत्काउने सर्तमा कार्की प्रधानमन्त्री बनेकाे ओलीकाे आराेप

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार
फायल फाेटाे

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार राति-राति मिटिङ गरेर आफूसहित तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने भन्दै सडकमा समेत सरकार आफैं तमासा गरिरहेको बताएका छन् । अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको समेत दावी गरे ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे दावी गरे। गृहमन्त्री ओम प्रकाश अर्याललाई आफूले नचिनेको भन्दै  राजनीतिलाई ख्यालठट्टा नठान्न समेत चेतावनी दिए ।

 संसद भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बनेकाे बताए ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको भन्दै यो सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिले तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको बताए ।

 आफ्नो पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनेर गरिएको सडक तमासा गरिएपनि कार्कीको डरले आफू नभाग्ने समेत बताए ।

अध्यक्ष ओलीले जेनजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार