मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |
मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |


इपिएस अन्तर्गत कोरिया राेजगारका लागि जान नयाँ व्यवस्था गरिँदै

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

झापा । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरू छनोट सूची (रोस्टर) मा राख्दा कोरियाको मागका आधारमा मात्रै राखिने भएको छ।

सन् २०२५ देखि कोरियाले लैजाने संख्याको तेब्बर संख्या मात्रै उत्तीर्ण गराइ रोस्टरमा राखिने इपिएस शाखाका अधिकृत कमलराज श्रेष्ठले बताए।

'जस्तै कोरियाले यो वर्ष एक हजार जना श्रमिक लाने हो भने तीन हजार जनालाई मात्रै पास गराएर रोस्टरमा राखिने छ। रोस्टर भन्नेबित्तिकै छनोट गर्न धेरै संख्या चाहियो। अब कोरियालाई तीन हजार चाहिएको हो भने ९ हजारले मात्रै परीक्षाका लागि आवेदन दिन पाउँछन्,' उनले भने।

उनका अनुसार परीक्षा आवेदन पनि जति संख्या चाहिने हो, त्यति पुगेपछि स्वचालित प्रणालीबाटै बन्द हुने व्यवस्था गरिने छ। त्यसले गर्दा जो पास गर्न सक्छु भनेर विश्वस्त छ, उसले मात्रै फारम भर्ने र यसबाट सहज हुने उनले बताए।

त्यस्तै शाखाले परीक्षाका लागि केही समयअगाडि नै 'युजर आइडी' बनाएर विवरण भर्न तयारी गर्नेछ।

'मानव संसाधन विकास (एचआरडी) कोरियाले परीक्षा फारम बुझाउने समय तोकेपछि आफ्नो रूचिको क्षेत्रमा आवेदन दिनेछन्। फारम भर्ने अवधि जति दिन भए पनि खुलेकै दिन कोटा पुग्यो भने बन्द हुन्छ,' श्रेष्ठले भने।

त्यस्तो व्यवस्थापछि पछिल्लो समय कोरियाले १५ हजार श्रमिक लैजाने भए पनि एक लाख ६३ हजारले परीक्षा दिने जस्तो झन्झटिलो अवस्था नहुने उनले बताए।

त्यस्तै, कोरियाले कुन कुन क्षेत्रमा कति श्रमिक लैजाने हो, त्यो सबै क्षेत्रको कोटा एकै ठाउँमा राखेर श्रमिक माग गर्ने व्यवस्था मिलाइने र शाखाले परीक्षा आवेदन पनि एकै पटक खुला गर्ने उनले बताए।

'सन् २०२५ देखि कृषि, उत्पादन, पानी जहाज निर्माण (शीप बिल्डिङ) तर्फ कति लैजाने भनेर एकै पटक कोटा आयो भने हामीले फारम पनि एकै पटक खुलाउँछौं। त्यस बेला कृषिमा जान फारम भर्नेले उत्पादनमा भर्न पाएन, उत्पादनमा भर्नेले कृषिमा भर्न पाएन। शीप बिल्डिङमा भर्नेले त्यसकै लागि मात्रै भर्नुपर्‍यो। जुन क्षेत्रमा भरे पनि एउटामा मात्रै भर्न पाइने छ। यसबाट सहज हुनेछ,' उनले भने।

यसअघि सन् २०२४ का लागि शीप बिल्डिङको परीक्षामा सहभागी भएकाहरू उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन नपाउने भएपछि युवाहरू विरोधमा उत्रिएका थिए। त्यस क्रममा बालकुमारीमा भएको झडपमा दुई जनाको ज्यान समेत गएको थियो। पछि उनीहरू उत्पादनतर्फको परीक्षामा सामेल हुन पाउने निर्णय गरिएको थियो।

यो घटनाले निकै ठूलो तरंग ल्याएपछि शाखाले यस्ता समस्या दोहोरिन नदिन एकै पटक आवेदन खुलाउने र एउटा क्षेत्र मात्रै रोज्न पाउने व्यवस्था गर्ने भएको हो।

पछिल्लो समय कोरियाले नेपालबाट लैजाने श्रमिकको कोटा बढाउँदै लगेको थियो। बालकुमारी घटनापछि अब आगामी वर्ष के हुने हो भन्ने प्रश्न चिह्न खडा भएको शाखाका अधिकारीहरू बताउँछन्।

शाखाकी निर्देशक मैयाँ कँडेलले कोरियाले नेपाली श्रमिकहरूलाई प्राथमिकता दिएर लगिरहेको बताइन्।

'कोरियाले नेपालको विकास हेर्न चाहन्छ। एक पटक कोरिया पुगेर श्रम गरिसकेकाको जीवन धेरै सुधार भइसकेको अवस्था मध्यनजर गर्दै नयाँलाई प्राथमिकता दिन चाहन्छ,' उनले भनिन्।

शाखाका अनुसार नयाँ श्रमिक अनुशासनमा रहेर काम गर्ने तर पुरानाहरू आफूखुसी कम्पनी फेरेर काम गर्ने समस्या भएकाले कोरियाली रोजगारदाताले नयाँ श्रमिक रूचाउने गरेका छन्।

'काम गरेर फर्किएकाहरूले पनि बुझ्नुपर्ने कुरा हो। आफूले अवसर पाएर केही अवस्था सुध्रियो, अरूले पनि अवसर पाऊन् भन्ने भावना आउनुपर्ने हो,' निर्देशक कँडेलले भनिन्।

कोरियाले सन् २००८ देखि इपिएसमार्फत् नेपाली श्रमिकहरू लैजान थालेको हो। त्यसयता हरेक वर्षजसो लैजाँदै आएको छ। इपिएस शाखाका अनुसार हाल उक्त प्रणालीमार्फत् एक लाख १० हजारभन्दा धेरै नेपाली कोरिया पुगिसकेका छन्। हाल ५० हजारभन्दा बढी नेपाली युवा त्यहाँ कार्यरत छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै