मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

झापामा पूर्वराजा, शनिबार राजावादीको शक्ति प्रदर्शन

देश प्रदेश डेस्क 5364+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

झापा पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा आइ पुगेका छन् ।  शनिबार झापामा तय भएको  बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुनेछन् । यो क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरु जुटेका छन् । कार्यक्रममा सहभागी हुन पूर्वराजा बुद्ध एयरको जहाजमार्फत त्यहाँ पुगेका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र प्रसद लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेका  प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरिएको छ । शालिक अनावरण भएपनि राप्रपाले कार्यक्रमलाई भव्य बनाउन सबै तयारी गरेको राप्रपाको भनाइ छ । भोलि ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । यसैबीच राप्रपाका प्रवक्ता श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै काठमाडौँमा आयोजित शान्तिपूर्ण प्रदर्शप्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दुःखद, आपत्तिजनक र विडम्बनापूर्ण रहेको उनको विज्ञप्तिमा उल्लेख छ । आन्दाेलनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन र धरपकडको निन्दा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार