मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

शिक्षक महासंघले फेरि दियाे सरकारलाई आन्दाेलनकाे चेतावनी

देश प्रदेश डेस्क 5487+ समाचार ( )
फाइल तस्बिर
३० आषाढ २०८२, सोमबार

झापा /  नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्न सरकारलाई चेतावनी दिएको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमतिअनुसार विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधान समावेश गर्न राज्य पक्ष गम्भीर र जिम्मेवार नदेखिएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिहरूलाई बङ्ग्याउने, तोडमोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना, शिक्षण पेसाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्ध अघि बढाउने प्रयत्न भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमशस् कमजोर हुँदै गएको निष्कर्षमा महासंघ पुगेको भन्दै नयाँ र कडा आन्दोलनको मोडमा पुगेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले विद्यालय, विद्यार्थी र शिक्षक, कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित २९ दिन शैक्षिक सडक आन्दोलन गरेको थियो। आन्दोलनपछि सरकारसँग भएको सहमतिमा असार १५ सम्ममा विधेयक ल्याइसक्नुपर्ने भनिएको थियो । तर समय सीमाभित्र ऐन जारी नभएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार