मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१ अशोज २०८३, बिहीबार

झापाबाट डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती भारतको दिघलबैंकमा पक्राउ परेका छन् ।

आज भारत–नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीहरूले दिघलबैंक प्रहरी चौकी क्षेत्रअन्तर्गत सीमा स्तम्भ नम्बर १३० नजिकै शंकास्पद अवस्थामा घुमिरहेका अमेरिकी युवती र उनीसँगै गएका नेपाली युवकलाई पक्राउ गरेका हुन् ।

सीमा सुरक्षाकर्मीहरूले सावधानी अपनाउँदै दुवैलाई क्याम्पमा ल्याएर गहन सोधपुछ गरेका थिए । युवतीको ट्राभल डकुमेन्टहरूको अनुसन्धान गरेका थिए । दुवै जना झापाबाट दिघलबैंक बजारमा किनमेल गर्न गएको खुलेको थियो ।

प्रारम्भिक जानकारी अनुसार, ती युवती भुटानी शरणार्थी हुन्। उनी अमेरिकामा बस्छिन् । ती युवतीलाई एक अमेरिकी नागरिकले कानुनी रूपमा धर्मपुत्री बनाएका छन्। नेपालमा अध्ययन गर्दा सामाजिक सञ्जालमार्फत दुवैबीच प्रेम सम्बन्ध भएको थियो । दुई जना चाँडै विवाह गर्ने योजनामा छन् ।

विवाहको लागि आवश्यक सामान किनमेल गर्न त्यो जोडी सीमा पार गरेर भारतीय क्षेत्रको दिघलबैंक बजारमा पुगेको खुलेको छ । सोधपुछ र कागजात अनुसन्धानमा कुनै पनि शंकास्पद वा राष्ट्रविरोधी गतिविधिको प्रमाण नभेटिएपछि सबै कानुनी प्रक्रिया र प्रमाणीकरण पूरा गरी दुवैलाई सुरक्षित रूपमा रिहा गरिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार