मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

सूचना दिने शर्तमा सामानसहित पक्राउ परेका भद्रपुरका युवकलाई इन्स्पेक्टर बाेगटीले छाडिदिए

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

झापा ।   थप सूचना दिने शर्तमा सामानसहित पक्राउ परेका भद्रपुरका  एक युवकलाई वडा प्रहरी कार्यालय भद्रपुरले छाडिदिएको छ। 

वडा प्रहरी कार्यालयबाट खटिएका सादा पोसाक प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी ७ बजेको समयमा नेपाल-भारत सीमा पिलर ९९ बाट भन्सार छलेर सामान ओसार्ने भद्रपुर नगरपालिका-५ का एक्का भन्ने आकाश कामतीलाई पक्राउ पछि छाडिएकाे वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले बताए ।

लाइन मेन कामतीको समूहले ५० हजार मूल्य बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रीनर र प्राइमर भन्सार छलेर भित्र्याउन लाग्दा प्रहरीले सामानसहित कामतीलाई पक्राउ गरेको उनले बताए । कामतीलाई पक्रेर वडा प्रहरी कार्यालय ल्याइएपनि  अन्य दुई लाइन मेन सामान छाडेर भागेकाे उनले जनाए ।
मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय झापाले सञ्चारकर्मीलाई पठाएको प्रेस नोटमा मान्छे पक्राउ गरिएको भन्ने विवरण नखुलाएर  ५० हजारको सामान मात्र उल्लेख गरेपछि घटना सतहमा आएकाे हाे । 

पक्राउ परेका मान्छेलाई आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा हिजै राति आफन्तजनलाई बोलाएर जिम्मा लगाइसकेको उनको भनाइ छ।  मजदुरलाइ थुनेर समस्या समाधान नहुने भएर थप सूचना दिने शर्तमा छाडिएकाे उनकाे भनाइ छ ।

सामानसहित पक्राउ परेका कामती समूहका लाइनमेनहरुले भद्रपुर-५ स्थित ९९ पिलर आसपास दोभान नाकाबाट राई बस्ती हुँदै गणेश मन्दिर छेउबाट ठूला मात्रामा भन्सार छलेर सरसामान दिनहुँ जसो भित्र्याइरहेको छ। उनीहरूले व्यापारी र कारोबारीले दिएको अर्डरबमोजिम जस्तोसुकै सरसामान प्रहरीको आँखा छलेर होस वा सेटिङ मिलाएर होस् भित्र्याइरहेको स्थानीयकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार