मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

झापा सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् ।

मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्‍याउँदा तीनै जनालाई साढे ७ बजेतिर चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी पाण्डेले बताए ।

मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ ।

प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । हेलमेट नलगाइ तीव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार