मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |
मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |


एक रेल्वेसहित १२ विद्युत आयाेजनालाई सरकारले दियाे ८ अर्ब २५ करोडकाे सामानमा कर छुट

भेषराज नेपाल 84+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार
झापा / सरकारले एक रेल्वे र  १२ वटा विद्युत आयोजनाका लागि कर छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विभिन्न विकास आयोजना र निर्माण कार्यका लागि पैठारी (आयात) हुने मालवस्तुहरूमा कर छुट दिइएको छ।

धेरैजसो आयोजनाहरूमा आयात हुने सामानमा १ प्रतिशत मात्र भन्सार महसुल लिई बाँकी सम्पूर्ण दस्तुर, शुल्क र कर छुट दिइएको छ भने केहीमा पूर्ण रूपमा कर छुट दिइएको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार यी वस्तुकाे कुल मूल्य ८ अर्ब २५ करोड हाराहरीमा हुन आउँछ ।

१.जयनगर–कुर्ता खण्ड रेल्वे मर्मत : रेल्वे ट्रयाक तथा सिग्नलिङ्ग सिस्टमको मर्मत सम्भारका लागि आयात हुने भारतीय रुपैयाँ १२ करोड ६ लाख ४९ हजार ८६५ मूल्य बराबरको मालवस्तुमा सम्पूर्ण भन्सार, दस्तुर, शुल्क तथा कर पूर्ण रुपमा छुट दिइएको छ ।

२.मुलपानी १३२ केभी सबस्टेसन निर्माण : निर्माण कार्यका लागि थप हुन आएको अमेरिकी डलर ३ लाख ८२ हजार ५०४ दशमलव ६९ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

३. केरौन १३२–३३ के.भी. सबस्टेशन निर्माण : निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर १ लाख ८७ हजार २११ दशमलव ३० मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

४. मधेस प्रदेश ग्रामीण विद्युतीकरण (रौतहट, बारा, पर्सा) :  वितरण प्रणाली सुदृढिकरण (लट–५) निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर ६ लाख ७८ हजार ६९८ दशमलव ५९ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

५.मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन : निर्माणका लागि थप–कायम भएको अमेरिकी डलर ५ लाख ४८ हजार ५६९ दशमलव ५३ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

६. काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण : आयोजनाको लागि थप हुन आएको अमेरिकी डलर ३ लाख ६५ हजार ८८९ दशमलव ६१ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

७. डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन : निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर ३६ लाख ५० हजार ८९० दशमलव १३ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

८. भक्तपुर देखि थिमी सम्म १३२ के.भी. भूमिगत प्रसारण लाइन : निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर १८ हजार ४५१ दशमलव ८२ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

९. रातमाटे ४०० केभी सबस्टेसन निर्माण (एमसिए-नेपाल) :  आयोजनामा खपत हुने अमेरिकी डलर ४ करोड २८ लाख ८१ हजार १२३ दशमलव २७ मूल्य बराबरको मालवस्तुको पैठारीमा सम्पूर्ण दस्तुर, शुल्क, महसुल वा कर पूर्ण रूपमा छुट दिइएको छ ।

१०.नेपाल विद्युत प्राधिकरणको ठेक्का आयोजनामा खपत हुने थप अमेरिकी डलर ५० हजार ८४५  मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

११.ललितपुर–भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजनामा लागि थप हुन आएको अमेरिकी डलर ३९ लाख ६५ हजार २७० दशमलव ५६ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

१२. १३२ केभी प्रसारण कन्डक्टर स्तरोन्नति सम्बन्धमा विभिन्न प्रसारण लाइन स्तरोन्नतिका लागि थप हुन आउने अमेरिकी डलर ९ लाख ९८ हजार ३८९ दशमलव ०५ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।

१३. मधेस प्रदेश विद्युतीय प्रणाली सुधार अन्तर्गत सिराहा, सप्तरी र धनुषा वितरण केन्द्रमा विद्युतीय प्रणाली सुधार गर्न थप हुन आएको अमेरिकी डलर ६६ हजार ८५३ दशमलव ७४ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार