मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

अर्जुनधारा लिग बिजेता, बुद्धशान्ति उपबिजेतामा सीमित

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

झापा भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।भद्रपुर झापा गोल्डकपद्वारा फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो ।
उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

रंगशालामा भरिभराउ दर्शकबीच सम्पन्न खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो । खेल अवधिभर अर्जुनधाराले बुद्धशान्तिलाई दबाबमा राख्दै चल्न दिएको थिएन ।

अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ र ५८ औँ मिनेटमा बादल तामाङले गोल गरेका थिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच अर्जुनधाराका बादल तामाङ भए । उनले नगद २ हजार रुपैयाँ र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधाराका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बोहोरा र उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बू भए । उनीहरुले नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ भए । उनले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गरे ।
विजेता तथा उपविजेता टीमका खेलाडी तथा अफिसियललाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेल, भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार