मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

झापाका प्रजिअले दिए ‘एसियन हाइवे’को काम चुस्त बनाउन निर्देशन

देश प्रदेश डेस्क 5497+ समाचार ( )
फाइल तस्बिर
५ आषाढ २०८२, बिहीबार

झापा  । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले निर्माणाधीन ‘एसियन हाइवे’को काम चुस्त बनाउन  काँकरभिट्टा लौकही सडक आयोजना (पूर्वी) खण्डलाई निर्देशन दिएका छन् । आयोजना प्रमुख सुनिलबाबु पन्तलाई निर्माणाधीन सडकको डाइर्भसन बनाइएको ठाउँमा पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिएका हुन् ।

ठूलो पानी आएको समयमा पानीले निकास नपाएर राजमार्ग नै अवरुद्ध पार्न सक्ने कुरालाई मध्यनजर गर्दै अहिले नै व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीले पन्तलाई निर्देशन दिए ।यस अघि परेको पानीले निकास नपाउँदा सडक अवरुद्ध भएको भन्दै प्रमुख जिल्ला अधिकारीले डाइभर्सनका कारण सडक अवरुद्ध हुन नदिन समयमा नै डाभइभर्सन र पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिए ।

निर्माणाधीन पूर्व – पश्चिम सडकको पूर्बी खण्डको अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारीले सडक पूर्वाधार आयोजना प्रमुख सहित निर्माण व्यवसायीसंग छलफल समेत गरेका छन् ।

सडकका कारण कुनै पनि दुर्घटना हुन नहुने भन्दै प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी र आयोजना प्रमुखलाई जोखिमपूर्ण क्षेत्रको पहिचान गर्दै त्यस्ता ठाउँमा इन्धन भरेको स्काभेटरसहितका उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न सचेत गराएका छन् । वर्षाका कारण कुनैपनि विपद् आइलागे तत्काल त्यसको समाधानका लागि सचेत रहन उपकरण सहितको जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । झापाका चार स्थान अति जोखिमपूर्ण क्षेत्र रहेको औल्याएका प्रमुख जिल्ला अधिकारीले अन्य जोखिमपूर्ण क्षेत्रमा समेत सडक दुर्घटना न्यूनीकरणका लागि ‘रिफ्लेक्टिर’ राख्न भनेका छन् । जसका लागि ट्राफिक प्रहरी र सडक आयोजनाको संयोजनमा काम हुनु पर्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

सडक निर्माणाधीन अवस्थामा रहेकाले सवारीलाई तीब्र गतिमा नकुदाउन उनले सवै सवारी चालकलाई अनुरोध गरेका छन् । यदि तीव्र गतिमा सवारी चलाइएको खण्डमा ट्राफिक प्रहरीले तत्कालै जरिवाना गर्ने प्रजिअ अधिकारीको भनाई छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी मात्र नभई यातायात व्यवसायी र सवारी चालक समेत गम्भीर बन्नु पर्ने प्रजिअ अधिकारीको भनाई छ ।

एशियाली विकास बैंकको ८४ दशमलव १ प्रतिशत र नेपाल सरकारको १५ दशमलव ९ प्रतिशत लगानीमा ‘एसियन हाइवे’ निर्माणाधीन छ ।

एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार