मुख्य समाचार
उपविदेशमन्त्री रोजर्सको भनाइ : “नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति छ” | वैदिक सनातन धर्म संरक्षण समितिकाे अध्यक्षमा नेपाल निर्वाचित | हाजिरीजवाफ प्रतियोगितामा प्रेस क्लब भद्रपुर प्रथम | विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस : नेपालमा अवस्था कस्तो छ ? | अब राइड सेयरिङ पनि करको दायरामा : वार्षिक कर तिर्नुपर्ने, कालो नम्बर प्लेट अनिवार्य | माेटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिँदा निमाकाे मृत्यु | मेचिनगरमा मानिस मृत फेला | ४ वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि, २१ प्रतिशतसम्म बढ्यो | आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब | १८ वर्षपछि गणतन्त्रको ऐना : नेपालीले के पाए, के गुमाए ? |

उपविदेशमन्त्री रोजर्सको भनाइ : “नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति छ”

देश प्रदेश डेस्क 5136+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

झापा /अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा संयुक्त राज्य अमेरिकाको दीर्घकालीन र बलियो उपस्थिति रहेको बताएकी छिन्।

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् । उनले नेपाल–अमेरिका सम्बन्धलाई पर्यटन, सांस्कृतिक आदान–प्रदान र जनस्तरको सम्बन्धले अझ मजबुत बनाइरहेको उल्लेख गर्दै यस क्षेत्रको सम्भावनालाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन्।

उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको बताइन् ।

अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने साहसले बनेको बताउँदै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्‍याउने गरेको उल्लेख गरिन् । नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा तथा साहसिक पर्यटन विश्वकै आकर्षणमध्ये एक भएको बताउँदै अमेरिकी पर्यटक तथा लगानीकर्ताको चासो निरन्तर बढिरहेको उल्लेख गरेकी छन्।

उनका अनुसार नेपालको पर्यटन क्षेत्रमा अमेरिकी नागरिकहरूको उपस्थिति केवल भ्रमणमा मात्र सीमित नभई विकास साझेदारी, संरक्षण परियोजना, तथा स्थानीय समुदायसँगको सहकार्यमा समेत विस्तार भइरहेको छ। उनले पर्यटनलाई दिगो आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा राखेकी छन्।

यसैबीच उनले नेपालको पर्यटन पूर्वाधार, सेवा गुणस्तर र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा अझ सुधार आवश्यक रहेको पनि औँल्याइन्। अमेरिकी सहयोग र साझेदारीमार्फत पर्यटन प्रवर्द्धनका नयाँ अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो।

विश्लेषकहरूका अनुसार नेपालमा साहसिक पर्यटन, ट्रेकिङ, पर्वतारोहण र सांस्कृतिक पर्यटनमा अमेरिकाको लामो समयदेखि चासो रहँदै आएको छ। विशेषगरी सगरमाथा क्षेत्र, पोखरा, लुम्बिनी र काठमाडौं उपत्यकामा अमेरिकी पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार