मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट अम्बिका भण्डारी सम्मानित

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा / नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित भएकी छिन् ।

आज विर्तामोडमा आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहेकी भण्डारीलाई विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगद रु एक लाखसहित पुरस्कार र सम्मानपत्र प्रदान  गरेकी थिइन् ।

सोही अवसरमा नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी चिरञ्जीवी घिमिरे नगद रु २५ हजारसहित सम्मानित भएका छन् । नारी सञ्चारगृहकी अध्यक्ष रेजिना रोजनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मायामितु न्यौपानेले गरेकी थिइन ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष केशव आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको सङ्गठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ । संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवर्द्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार