मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

रमा तिवारीको हत्याको अनुसन्धान जारी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

झापा बोरामा हालेर रतुवा पुलमाथिबाट फालेकी रमा तिवारीको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 शव फेला परेको भोलिपल्ट हिजो शवको पहिचान भएर सनाखत भइसकेपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको हो ।

दमक वडा नं. ८ बसन्त टोल बस्ने नारायण तिवारीकी छोरी वर्ष २१ की रोमा भन्ने रमा तिवारीको हिजो परिवारले सनाखत गरेका छन् । रमा तिवारी जेठ १३ गते राति ९ः३० बजे घरबाट आफूखुसी हिडेकोमा घर फर्किएकी थिइनन् । उनी त्यति धेरै घरमा बस्ने नगरेको बुझिएको छ । उनका साथी संगतबाटै घटना भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

शनिवार बिहान ११ बजे दमक–१० स्थित सेतुमारी पुलमुनि रमाको शव फेला परेको थियो । बोरामा बाँधेर रतुवा खोलाको पानीमा फालेको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अबस्थामा शव भेटिएको थियो ।

सेतुमारीमा रहेको रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा रमाको २/३ दिन अगाडीदेखि पानीमा रही ढाडिएको, रातो भेस्ट, जिन्सको पेन्ट लगाएको शव सेतो प्लाष्टिकको बोरामा पोको पारी शंकास्पद अवस्थामा फेला परेको थियो ।
पाइपले घाँटीमा कसेर उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । उनको घाँटीमा पाइपले कसेको चिन्ह रहेको प्रहरीले जनाएको छ ।

उनको शव बगेर आएको नभई हत्या गरेर रतुवाको पुलमाथिबाट फालेको हुनसक्ने आशंका गरिएको छ । पुलमाथिबाट फाल्दा बोरा फुटेर हात र कपाल बाहिर निस्किएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै