मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापा ५ मा उम्मेदवारी दिएका बालेन चुनाव प्रचार गर्दै दार्चुला पुगे

Desh Pradesh News 1+ समाचार ( )
१५ माघ २०८२, बुधवार

झापा / प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन साहले देशका विभिन्न स्थानमा संक्षिप्त तर अर्थपूर्ण भ्रमण थालेका छन्। मनोनयन दर्तापछि उनी विशेषगरी पश्चिम नेपालका विभिन्न जिल्लातर्फ केन्द्रित भएर यात्रा गरेको देखिन्छ।

यसै क्रममा उनी आज सुदुरपश्चिम प्रदेशकाे दार्चुला पुगेका छन् । उनी आज डडेलधुरा, बैतडी हुँदै दार्चुला पुगेका छन्।

उनले रास्वपा डडेल्धुराका उम्मेदवार तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्।

मनोनयन दर्ता सम्पन्न गरेलगत्तै साह काठमाडौँबाट पश्चिमतर्फको यात्रामा निस्किएका थिए। सो क्रममा उनी चितवन, बुटवल, नेपालगञ्ज र दाङलगायतका स्थानमा पुगेका थिए। ती स्थानमा उनले औपचारिक चुनावी सभा भन्दा पनि नागरिक, युवा समूह, अभियन्ता तथा स्थानीय बुद्धिजीवीसँग अनौपचारिक संवादमा समय बिताएका थिए।

पश्चिम नेपाल भ्रमणका क्रममा बालेनले स्थानीय तहमा देखिएका विकासका समस्या, रोजगारीको अभाव, युवाको पलायन र सुशासनका चुनौतीबारे प्रत्यक्ष रूपमा नागरिकका कुरा सुनेका थिए। उनले “कागजका योजना होइन, जमिनमा देखिने काम” नै आफ्नो प्राथमिकता हुने धारणा व्यक्त गरेका थिए।

त्यसैगरी, उनले केही स्थानमा स्थानीय उद्योग, कृषि क्षेत्र र सहकारी मोडेलको अवलोकन समेत गरेका थिए। पश्चिम क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि नीतिगत कमजोरीका कारण विकास रोकिएको उनको टिप्पणी थियो।

बालेन शाहले आफ्नो पश्चिम भ्रमणलाई प्रचारमुखी भन्दा पनि सुनुवाइ र बुझाइ केन्द्रित बनाएको देखिन्छ। उनका अनुसार देशको वास्तविक समस्या राजधानी बाहिरका भूभागमा स्पष्ट देखिने भएकाले त्यहाँ पुगेर प्रत्यक्ष अनुभव लिनु आवश्यक छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको पश्चिम केन्द्रित गतिविधिले परम्परागत चुनावी शैलीभन्दा फरक सन्देश दिएको छ। राजधानी केन्द्रित राजनीतिलाई चुनौती दिँदै उनले भूगोल र नागरिकको आवाजलाई समान महत्व दिन खोजेको बुझाइ विश्लेषकहरूको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार