मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

अन्डरवेयर र मलद्वारभित्र लागु औषध ल्याउने दुई जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

झापा भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई मेची पुलमा खटिएका सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रोकेर चेकजाँच गरेका थिए । प्रहरीले उनको शरीर चेकजाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याएको १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ स्थित मेची पुल नजिकैबाट इलाम नगरपालिका- ९ गोलबस्ती निवासी १८ वर्षीय रोहण खवासलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको खवासलाई शंका लागी प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाएर ल्याएको ४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार