मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

आयोगको सिफारिसपछि काठमाडाैंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

देश प्रदेश डेस्क 5406+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

झापा / गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

जेनजी आन्दोलनको समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रिजाललाई कारबाही गर्न सिफारिस गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । रिजालमाथि जेनजी आन्दोलनमा प्रदर्शनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।

आयोगले प्रदर्शन नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग भएको वातावरण सिर्जना भएको, सुरक्षा निकायलाई दिइएका केही निर्देशन कानुनी मापदण्डअनुसार नभएको र नागरिक अधिकारमा प्रत्यक्ष असर परेको निष्कर्ष निकालेको थियो। सोही प्रतिवेदनमा रिजालको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको थियो।

आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै गृह मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको र त्यसपछि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। हाल उनीमाथि पदको दुरुपयोग, गैरकानुनी आदेश जारी गरेको तथा सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोपमा सोधपुछ भइरहेको छ।

 मन्त्रिपरिषद्को निर्णयपश्चात गृह मन्त्रालयको निर्देशनमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक शनिबार नै पक्राउ परिसकेका छन्। उनीहरुमाथि अदालतले ५ दिन अनुसन्धानका लागि म्याद दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार