मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |
मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

बालाचतुर्दशी विशेष
बालाचतुर्दशीको धार्मिक एवं ऐतिहासिक महत्व

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

मार्गशीर्ष (मंसिर) महिनाको कृष्णपक्षको चतुर्दशीलाई बाला चतुर्दशी भनिन्छ। बाला चतुर्दशीको अधिल्लो दिन अर्थात् मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आशुतोष भगवान शिवको मन्दिरमा बसेर दिवंगत स्वजनका नाममा बत्ती बालेर भजनकीर्तन गर्दै रात्रि जाग्राम गरिन्छ भने चतुर्दशीका दिन त्यहीं नजिकका नदी, तलाउ, पोखरी आदि पवित्र स्थानमा स्नान गरेर नित्यकर्म सकेपछि वाग्मती, गंगा, कोसी, गण्डकी आदि नदीहरूको पूजन तथा आरती गरिन्छ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गरिँदैछ। आज दीपदान गरी भोली (साेमबार) बिहानै पितृको सम्मानमा शतबीज छरिन्छl आफ्नो परिवारका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एकसय शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि विभिन्न स्थानमा शतबीज, सद्गुणले सुसज्जित भएको सयवटा अन्नहरूको मिश्रण गरिएको अन्न दिवंगत पितृहरूका नाममा छर्ने प्रचलन रहेको छ। त्यसपछि ब्राह्मणहरूलाई दान–दक्षिणा प्रदान गरी भोजन समेत गराउने शास्त्रीय विधान रहेको छ।

शतबीज (सयवटा बिउ) भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहूँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै उच्चस्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ। प्राचीन हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख भएअनुसार धानका सय दाना मात्र चढाउनुपर्ने विधान रहेको पाइन्छl

 

मृगस्थलीं परिभ्राम्य पुनर्जन्म न विद्यते।

सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत्।।

 

आशुतोष भगवान शिव मृगरूप धारण गरी विचरण गर्नुभएको यस पुण्यक्षेत्रमा बालाचतुर्दशीका दिन एक दाना बीज छर्दा एक दाना स्वर्ण दान गरे बराबरको पुण्यफल प्राप्त हुने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास समेत गर्ने गरिन्छ। वाग्मती नदीको किनारस्थित मृगस्थलीमा आशुतोष भगवान शिव मृगरूप धारण गरी विचरण गरिरहनुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न भगवती माता पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई माता पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि रहेको छ।

यसैगरी बालाचतुर्दशीसँग सम्बन्धित अर्को कथा पनि रहेको पाइन्छ। सो कथाअनुसार प्राचीन कालमा पशुपतिनाथको आर्यघाटमा बस्ने ‘बालानन्द’ नामगरेका एकजना मानिस दिउसको खाजा खान लाग्दा त्यसै समय पोलिँदै गरेको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको खाजामा परेको र सो गिदीसँगै खाजा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी शवको गिदी खान पल्किए। त्यसपछि मानिसको गिदी खाने कार्य तथा लामा-लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै समय उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको किम्वदन्ती समेत रहेको छ।

आफ्ना मित बालानंदको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा आशुतोष भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएकाले मार्गशीर्षकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको किम्वदंती रहेको छ ।

मार्गशीर्षकृष्ण त्रयोदशीमा बत्ती बालेर भजनकीर्तनका साथ रात्रिजाग्राम गरी बिताएपछि चतुर्दशीको दिन विशेष कर्तव्य पूरा गरिन्छ। चतुर्दशीका दिन बिहान नित्यकर्म, स्नानआदि पूर्ण गरेर दिवंगत स्वजनहरुको नाममा आसपासका देववन एवं पवित्र स्थानहरूमा शतबीज छर्ने कार्य गरिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै