मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

वडाध्यक्षलाई घरमै थुनेर आगो लगाएपछि

देश प्रदेश डेस्क 5339+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार
धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँलाई घरमै थुनेर ज्यानमार्ने प्रयास गरिएको छ। आइतवार राति घरमा सुतिरहेको समय घरमा आगो लगाएर बाहिरबाट थुनिएको घटना सार्वजनिक भएको हो।
नागरिक न्यूजसँगको कुराकानीमा वडाध्यक्ष गुरागाईँले राति करिब १२ः४८ बजेतिर ब्युझिँदा घरभित्र धुँवाको मुस्लो घुमिरहेको बताए। उनले भने, ‘निन्द्राबाट ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाए। पत्नीसहित बाहिर निस्कन खोज्दा धुँवाका कारण सम्भव भएन। बाहिरबाट ढोका पनि लक गरिएको थियो।’
छिमेकी अम्बिका थापाले भर्याङ दिएर झ्यालबाट निस्केर श्रीमती र आफूले ज्यान जोगाएको उनले बताए।
‘हामीमाथि ज्यान मार्ने नियतले नै घटना घटाइएको हो। घरभित्रै थुनेर कसले आगो लगायो किन लगायो कुनै जानकारी आएको छैन। कारण पनि पत्ता लागेको छैन। धन्न समयमै थाहा पायौँ र ज्यान जोगायौं।’ उनले सुनाए।
वडाध्यक्ष गुरागाईँले घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको र एकजनालाई नियन्त्रणमा समेत लिएको जानकारी दिए।
उनले घरभित्रका करिब २/३ लाख बराबरको सामान जलेर नष्ट भएको पनि बताए।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वडाध्यक्ष गुरागाईँको घरमा आगोलागी गराइएको र हाल दुबैजना सुरक्षित रहेको बताए। उनले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि बताए।
गुरागाईँ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार