मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी किनारका बासिन्दालाई फेरी बाढीकाे त्रास

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

झापा / चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको कारणबाट  रसुवा, नुवाकोट, धादिङ हुँदै बग्ने भोटेकोशी  र त्रिशुली नदी किनारका बासिन्दालाई बाढी ठुलाे त्रास भएकाे छ । 

बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको छ । उनका अनुसार अहिलेसम्म जनधनको क्षति पुगेको जानकारी आइसकेको छैन । यद्यपि सूचना संकलन गर्न र आवश्यक परे उद्धार गर्नका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति पुगेको थियो । असार २५ गते बिहान भोटेकोशी नदीमा बाढी आउँदा रसुवागढी तहसनहस भएको थियो । चीनको तिब्बत हुँदै बग्ने केरुङ र ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिंदा विनाशकारी रूप लिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले असार २९ गते बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा दिएको जानकारी अनुसार भोटेकोशी नदीको बाढीमा परेर ११ शव तथा मानव अंग भेटिएका छन् । चिनियाँ नागरिक र सुरक्षाकर्मी सहित १७ जना बेपत्ता छन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गत असार २५ गतेकै तहमा बाढी आएको भन्दै सतर्क रहन सूचना जारी गरेको छ । आज बिहान ३:५५ बजे नुवाकोटको बिदुर नगरपालिका इलाकामा बाढी आइपुगेको हुँदा धादिङ्ग तर्फ रहेको गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

सूचना दिन र उद्धार गर्नका लागि सुरक्षा निकायका अंगहरु परिचालन भइसकेको र कुनै समस्या भए स्थानीय  जनप्रतिनिधि र नजिकको प्रहरी चौकीमा खबर गरिदिन स्थानीयलाई भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै