मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापाका कर्मचारी सङ्गठनद्धारा तीज मिलन कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5450+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

झापा नेपाल निजामती कर्मचारी सङ्गठन एवम राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर झापाले तीजको अवसर पारेर महिला विशेष शुभकामना आदानप्रदान गरेको छ ।
झापाको भद्रपुर १० स्थित सङ्गठनको भवनमा शुक्रबार अपरान्ह् भद्रपुर नगरपालिका क्षेत्र लगायतका महिलाहरूलाई विभिन्न परिकार बनाएर दर खुवाउदै शुभकामना आदानप्रदान गरिएको हो ।
जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोकाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व प्रशासकीय अधिकृत गीता राई,  भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले शुभकामना मन्तव्य राखेको थिए ।
कार्यक्रमको अवसर पारेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक कार्यनीति अनुसार महिला विशेष बचत खातामा रकम जम्मा गर्ने महिलाहरूमध्ये १४ जनालाई विशेष पुरस्कार वितरण  गरिएको थियो ।
कार्यक्रममा साङ्गीतिक नृत्यसहित कुर्सी छक्याउने खेल पनि खेलाइएको थियो ।
जसमा प्रथम निरुता पोखरेल,द्वितीयमा जीना कटवाल, तृतीय शकुन्तला पोखरेल र  सान्त्वना माया पोखरेललाई नगद पुरस्कार वितरण गरिएको थियो ।
प्रमुख अतिथि रोक्काले आफ्ना बालबच्चाहरूलाई सही संस्कार बाबुआमाले नै दिनुपर्ने जोड दिँदै अहिले भइरहेको तीजको विकृतिप्रति चिन्ता व्यक्त गरेकी थिइन् ।
सङ्गठन झापाकी उपाध्यक्ष तथा तीज मिलन कार्यक्रमकी संयोजक चन्द्रा पोखरेल गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सङ्गठनकी सदस्य जीवनकला राउतले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार