मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

राप्रपाले छान्यो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमा सातवटै प्रदेशमा उमेदवार टुंगो लगाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाएको जानकारी दिए। 

उनका अनुसार कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी रहेका छन्। यसैगरी लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको छ। तर राप्रपाले उम्मेदवारको नाम भने गोप्य राखेको छ।

उम्मेदवार तय गरेपनि राप्रपाले अन्य दलसँग संवाद जारी राख्ने भएको छ। कोसी प्रदेश सरकारलाई देखाएर राप्रपाले सत्ता गठबन्धनसँग पनि छलफल गर्न खोजिरहेको छ तर सत्तारुढ दलसँग संवाद भने हुन सकेको छैन। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ। राष्ट्रिय सभाका १९ सिटका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार