मुख्य समाचार
संसद्‌मा लफडा : विपक्षीले फ्याँके कुर्सी | संसद्को वेलमै सत्तापक्ष र विपक्षी सांसदहरूले एक अर्कोलाई चेतावनी | प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेका युवा-विद्यार्थीले निकाले मशाल जुलुस | सभामुखले दिएकाे अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन माग | नेपालले भारतको जमिन मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले खोज्यो तथ्य | उपविदेशमन्त्री रोजर्सको भनाइ : “नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति छ” | वैदिक सनातन धर्म संरक्षण समितिकाे अध्यक्षमा नेपाल निर्वाचित | हाजिरीजवाफ प्रतियोगितामा प्रेस क्लब भद्रपुर प्रथम | विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस : नेपालमा अवस्था कस्तो छ ? | अब राइड सेयरिङ पनि करको दायरामा : वार्षिक कर तिर्नुपर्ने, कालो नम्बर प्लेट अनिवार्य |

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने विजयी

देश प्रदेश डेस्क 5141+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

झापा बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका न्यौपाने २२२५ मत ल्याएर निर्वाचित भएका हुने भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायकि प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वार अर्जुनकुमार मैनालीले १५२० मत प्राप्त गरेका थिए ।

बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) १८२६ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीव घिमिरे १७८१ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा बिशाल थापा २१०३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी ओमप्रकाश श्रेष्ठले १४७३ मत पाएका छन् ।

बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का १९२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी गंगाप्रसाद मैनाली १६१९ मत पाएका छन् । जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई १८१६ मतका साथ निर्वाचित भएकी छिन् भने उनका प्रतिस्पर्धी राधिका चुडाल हुमागाई १७५१ मत पाएका छिन् ।

महासचिबमा कुशल खतिवडा २११९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण पौडेल १४९४ मत ल्याएका छन् । उद्योग सचिवमा पुकार बराल १९९५ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी बलबहादुर लिम्बु (बिशन) १५७१ मत ल्याएका छन् ।

बाणिज्य सचिवमा राजकुमार साह १८५५ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद चापागाई १७१६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा युवराज निरौला १८८६ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी दिपक मित्तल १६११ मत पाएका छन् । सह–कोषाध्यक्षमा तिलोतम खत्री १८२७ मत ल्याएर निर्वाचित भएकी छिन् भने उनका प्रतिस्पर्धी निशा सोनी कर्ण १६३५ मत ल्याएका छन् ।

त्यसैगरी सदस्यमा अनन्तलाल महतो १७६३, कृष्णप्रसाद बजगाई १६६८, केदार खनाल १५४५, डिल्लीराम कोइराला १५६१, दिनेश श्रेष्ठ निर्वाचित १६७२, रमेश घिमिरे १८०१, सत्रुघनप्रसाद गुप्ता १५२०, शशिलाकुमारी कार्की १७५७ र सुश्मा उप्रेती सुवेदी १६९५ मतका साथ निर्वाचित भएका छन् ।

१९ पदका लागि एक स्वतन्त्रसहित ३९ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए । बुधवार (आज) बिहान ८ बजे घोषणा गरिएको मत परिणाम अनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलका निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार