मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

उद्धव पुरीलाई डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार

देश प्रदेश डेस्क 5095+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

झापा । पत्रकार उद्धव पुरी पुरस्कृत भएका छन् । डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट शब्दपत्र डटकमका सम्पादक पत्रकार पुरीलाई पुरस्कृत गरिएकाे हाे ।  जनपक्षीय पत्रकार देवकुमार आचार्य अर्थात डी. कौडिन्यको २३ औं स्मृति दिवसको अवसर पारेर बुधबार बिर्तामोडमाआयाेजना गरिएकाे कार्यक्रममा उनलाइ  नगद ४२ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रन्जित तामाङलगायतले उक्त पुरस्कार प्रदान गरेका थिए । जनपक्षीय पत्रकार आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगाललाई २०५९ साउन ७ गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।

प्रेस सेन्टर नेपाल झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिन्य) को स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो । यसअघि यो पुरस्कार चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, दिपिन राई, केशव भट्टराई, दीपक अधिकारी, जीएन शर्मा, डिकेश लामा, राजु पाठक, झुलन रेग्मी र लीलाराज झापालीलाई प्रदान गरिएको थियो । त्यसबखत पुरस्कारको राशि २१ हजार रुपैयाँ रहेको थियो । ५ हजार एकसय रुपैयाँबाट स्थापना भएको उक्त पुरस्कारको राशि बृद्धि गरेर ४२ हजार रुपैयाँ पुर्याइएको हो ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने सञ्चालन सचिव प्रकाश उप्रेती र सहसचिव राज साम्पाङले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा डी. कौडिन्यका बिषयमा सेन्टरका केन्द्रीय सदस्य राजु पाठकले प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रन्जित तामाङ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, डी. कौडिन्यकी धर्मपत्नी यमुना आचार्य, जनपत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी , नेकपा माओवादी केन्द्रका कोशी प्रदेश उपाध्यक्ष विजय साम्पाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा प्रेस सेन्टर नेपालका कोशी प्रदेश सदस्य आइपी भट्टराईले डी.कौडिन्य स्मृति पत्रकारिता कोषमा ५५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार