मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

भारतीय कारसहित लाख बढीको पटाका काँकडभिट्टाबाट बरामद

देश प्रदेश डेस्क 5408+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

झापा भारतीय कार प्रयाेग गरेर नेपालमा प्रतिबन्धित पटका ल्याउँदै गरेकाे अवस्थामा कारसहित सशस्त्र प्रहरीले एक लाख बढीको पटाका बरामद गरेकाे छ ।

मेचीनगर ६ काँकडभिट्टाबाट बरामद गरी एकलाख अठार हजार आठ सय ६४ रुपैयाँ मूल्य बराबरको पटाका शुक्रबार नष्ट गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहबरमा पटाका नष्ट गरिएको जनाएको छ ।

भारतबाट काँकडभिट्टा नाका हुँदै अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर  नष्ट पारिएको सशस्त्र प्रहरी बल गण २ का डिएसपी एवम प्रवक्ता सुमन पाेखरेलले बताए ।  भारतीय नम्बर प्लेटको डब्लु ७४ एपी २३२७ नम्बरको मारुती कारमा ती पटाका ल्याइएको उनले बताए  । भारी मात्रामा प्रतिबन्धित वस्तु हालेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको उनकाे भनाइ छ । प्रहरीलाई देख्नासाथ कार छाडेर चालक फरार भएपछि शंका लागेर खोली हेर्दा भारी मात्रामा प्रहरीले पटाका बरामद गरेको थियो । पटाका नष्ट गरेर सवारीसाधनलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार