मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

विराटनगरमा मौन अवधि उलङ्घन भएको विषयमा आयोगले काट्यो सीडीओलाई २४ घण्टे पत्र

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१० माघ २०८०, बुधवार

झापा निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचारप्रसारका गतिविधि भएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई २४ घण्टे पत्र काटेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई आचारसंहिता उलङ्घन भए–नभएको बारेमा बुझेर प्रतिवेदन पेस गर्न पत्राचार गरिएको जानकारी दिए ।

मौन अवधिका बिच पनि केही राजनीतिक दलले बिहीबार हुने निर्वाचनका लागि आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो ।

जसअनुसार उक्त अवधिमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भए पनि सो विपरीत हुने गरी मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको पौडेलले जानकारी दिए ।

प्रचारप्रसारका गतिविधि गरेको सूचना प्राप्त भएपछि आयोगले सीडीओलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । ‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्य तथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै,  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सम्बन्धित सबैलाई निर्वाचन आचार संहिता पालना गर्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार