मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

हल्दिबारीमा प्रथम बुद्धिचाल प्रतियोगिता

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

झापा हल्दिबारी गाउँपालिका स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको आज हल्दिबारी वडा नं १ गोलधापमा उद्घाटन भएको छ। हल्दिबारी बुद्धिचाल संघद्वारा आयोजना गरिएको प्रतियोगिता २ दिन सम्म चल्ने आयोजकले जनाएको छ।हल्दिबारी बुद्धिचाल संघका अध्यक्ष दिलकेशर थापा को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए। हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र खेलका निर्णायक झापा बुद्धिचाल संघका महासचिव भूपेन्द्र निरौलाको विशेष आतिथ्यमा रहेको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, वडा सदस्यहरू प्रकाश कार्की, रूपा रसाइली, कुलबहादुर राई,वडा नं २ का वडा सदस्य गणेश मगर, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, पूर्व शिक्षक त्रिलोचन मैनाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। प्रतियोगिताको प्रथम पुरस्कार रू १० हजार, द्वितीय ७ हजार , तृतीय ४ हजार रहेको छ भने उत्कृष्ट १० खेलाडीलाई २ हजार पुरस्कार रहेको छ। यसैगरी महिला, १६ वर्षमुनी तथा भेट्रान्स खेलाडीहरूलाई पनि प्रतिव्यक्ति २ हजार पुरस्कार रहेको अध्यक्ष थापाले जानकारी दिए ‌। हल्दिबारी गाउँपालीकाले ५० हजार सहयोग गरेको खेलको व्यवस्थापन बुद्धिचाल संघ हल्दिबारीले गरेको हो। खेलमा पालिका अध्यक्ष लिङदेन, २ महिलासहित ५० जना सहभागी रहेका छन्। उदघाटन कार्यक्रम को संचालन उपाध्यक्ष नरेन राईले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार