मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


नेपाल ग्यासमा आत्मनिर्भर बन्दै समृद्धिको यात्रामा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१६ आषाढ २०८२, सोमबार

झापा / दैलेखको पञ्चकोशी क्षेत्र (जलजले)मा प्राकृतिक ग्यास भण्डारण रहेको चर्चा दशकौँ अघिदेखि चल्दै आएको थियो । यो अहिले आएर पुष्टि भएको छ । दैलेखमा मिथेन ग्यासको विशाल भण्डार रहेको चिनियाँ कम्पनीले गरेको अध्ययनबाट पत्ता लागेको हो ।

सो अध्ययनले १ सय १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पत्ता लगाएको छ । यससँगै नेपाल खाना पकाउने ग्यासमा छिट्टै आत्मनिर्भर बन्ने बलियो आधार समेत बनेको छ । पछिल्लो समय नेपालले खाना पकाउने ग्यास खरिदका लागि बर्षेनी अबौँ रुपैँया विदेश पठाउनुपर्दछ । दैलेखमा ग्यासको भण्डारण भेटिएपछि ग्यासमा आत्मनिर्भर बन्ने र बर्षेनी खबौं रुपैँया विदेशिनबाट रोकिने आम अपेक्षा रहेको छ ।

खानी तथा भू–गर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको हो । यसको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म आउने विभागले जनाएको छ ।

चिनियाँ विज्ञ टोलीले गरेको अध्ययन अनुसार नेपाललाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास जलजलेमा रहेको पत्ता लागेको छ । अब परीक्षण उत्पादन गरेर त्यसको यकीन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।

चीनको सरकारी निकाय २०८० वैशाख २८ गतेदेखि झण्डै डेढ वर्ष ड्रिलिङ गरेर त्यसको अध्ययन गरेको थियो । ‘हामीले ४ हजार १३ मिटरसम्म ड्रिलिङ गरेका थियौ,’ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले भने, ‘जसको १÷१ मिटरको स्याम्पल परीक्षणका लागि पठाएका थियौ, अब बाँकी प्रक्रियाका लागि दुवै देशका सरकारबीच थप सम्झौता भइ काम अघि बढ्नेछ ।’

चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको थियो । ‘पेट्रोलियम पदार्थको अनुमान गरेर अन्वेशणको काम थालिएको थियो, अहिले ग्यास धेरै रहेको पाइयो,’ उपमहानिर्देशक नापितले भने, ‘प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको छ, अब व्यावसायिक परीक्षणको बाटो खुलेको छ ।’

दैलेखमा मिथेन ग्यास रहेको पत्ता लागेपछि सरकार, राजनीतिक दल तथा स्थानीय नागरिकमा खुसीयाली छाएको छ । यदि आफ्नै ठाउँमा ग्यास उत्पादन भएमा खाडी तथा अन्य मिडिलइस्टका देशहरु जस्तै नेपालले पनि छिट्टै समृद्धिको यात्रामा अघि बढ्ने आशा पलाएको छ ।

संसदका सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताले एकै थलोमा बसेर खुसी बाँडेका छन् । ‘दैलेखमा ग्यास, पेट्रोलियम पदार्थको खानी भेटिनु खुसीको कुरा हो । यसमा हामी सबैले खुबै साटौँ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै प्रधानमन्त्रीका मानवअधिकार सल्लाहकार अग्नि खरेलले भने, ‘यो मुलुकका लागि खुसीको कुरा हो ।’

उनको भनाइलाई कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन गर्दै यो खुसीको विषय भएको बताएका थिए । गत जेठमा माओवादीको मध्यपहाडी राजमार्गमा राजनीतिक अभियानका क्रममा उनले दैलेखमा रहेको खानी उत्खनन क्षेत्रको अवलोकन गरेका थिए । उनले त्यसबेला माओवादी नेतृत्वको सरकारमा खानी अन्वेषण भएको दाबी गरेका थिए ।

चिनियाँ विज्ञ टोलीले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा अध्ययन गरेकोथियो । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ । दैलेको दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको पञ्चकोशी क्षेत्रमा सयाँै वर्ष देखि प्राकृतिक रुपमा आगोको ज्वाला बल्दै आएको छ । त्यहाँका विभिन्न क्षेत्रमा आगोको ज्वाला अझै पनि बलिरहेका छन् यस्तो अवस्थामा सरकारको पहलमा चीनिया कम्पनीले अध्ययनको कार्य सुरु गरेको थियो ।

ग्यासको भण्डार भेटिएपछि विशेष गरेर दैलेखका स्थानीयमा खुसीयाली छाएको छ । देशविदेशमा रहेका दैलेखका नागरिकहरु आफुहरुको लागि नयाँ सम्भावनाको ढोका खुल्ने विश्वास व्यक्त गरीरहेका छन् ।

‘वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण मानिने बस्तुमध्यको ग्यास नेपालमा पत्ता लागेपछि एक किसिमको उत्साह मनमा छाएको छ,’ दैलेखको भैरवी गाउँपालिका–२ का शोविन कुमार थापाले भने, ‘बर्षाैँ देखि ग्यास वा पेट्रोल छ वा छैन, कति छ, धेरै वा कम भन्ने भ्रम अव समाप्त भएको छ । ठूलो विशेष भण्डार रहेको खबर आए संगै चाँडै उत्खनन् भएर हामीले आफ्नै देशको ग्यास प्रयोग गर्न पाउने विश्वास छ ।’

प्राकृतिक सम्पदाले भरीपूर्ण हाम्रो देश नेपालमा दैलेखमा जस्तै अन्य विभिन्न क्षेत्रमा विभिन्न खानी, बहुमूल्य बस्तु भण्डार तथा अन्य थुप्रै सम्भावनाहरु रहेका छन् । यदि त्यसको सहि रुपमा उपयोग गर्न सकेको अवस्थामा दैलेखमा जस्तै देशका हरेक क्षेत्रमा हरेक कुराको सम्भावना रहेको विग्यहरु बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार