मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

हत्या आरोपमा पक्राउ ५ जना सार्वजनिक, प्रेमिका मुख्य योजनाकार

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

झापा । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर कलैया उपमहानगरपालिका ६ बस्ने रुपेशको हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरु कलैया ६ मदर्शा टोलकी २२ वर्षीया राधा गुप्ता , त्यहि टोलका ३४ वर्षीय जमिल अख्तर , कलैया ९ रामपुरका २६ वर्षीय रियाज अन्सारी , भारत बिहारको घोडासहनको जगीराकोटीका २३ वर्षीय चन्दन कुमार र चन्दनकै छिमेकी गाउँका २३ वर्षीय अभिनवकुमार राजपुत रहेका छन् । तीमध्ये राधा हत्याको मुख्य योजनाकार हुन् भने जमिल र रियाज सहयोगी तथा चन्दन र अभिनव सुटर ग्याङको सदस्य रहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । घटनास्थलबाट गोलीको चार थान खोका बरामद पनि भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

रुपेशलाई गोली हान्ने चारैजना भारतीय सुटर र राधाका प्रेमी मनोज गुप्ता भने अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरु फरार नै रहेकाले खोजी कार्य भइरहेको काफ्लेले बताए । विवाहेत्तर प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको निष्कर्षसहित प्रहरीले ५ जनालाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा उनले बताए। पक्राउ परेकी राधा तीन वर्षदेखि भारत बिहार छौडादनव निवासी मनोजसँगको प्रेममा रहेकी थिइन् । रुपेशसँग पनि उनले अनैतिक सम्बन्ध राखेकी थिइन् ।बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरु गरेपछि राधा रुपेशसँग नजिक हुन पुगेको काफ्लेले बताए ।

रुपेशसँग पनि राधाले अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि मनोजले रुपेशलाई राधासँग टाढा रहन भन्दा दुवै जनाको बिचमा पटकपटक झगडा समेत भएको थियो। दुई पटक भएको झगडालाई बाल एकता बोर्डिङ स्कुलकै शिक्षकहरूको रोहबरमा रुपेश र मनोजबीच मिलापत्र गराउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए।

राधाको परिवार र प्रेमी मनोजले बाल एकता बोर्डिङबाट सात महिनाअघि राधालाई काम छोड्न लगाएको काफ्लेले बताए। स्कुलबाट काम छोडेपनि राधा र रुपेश बीचको अनैतिक सम्बन्ध कायमै रहेको देखेर मनोजले आक्रोशमा आएर रुपेशको हत्या गराउन पुगेको काफ्लेले बताए।

गोली हानेर हत्या गरेको दुई महिनाअघि पनि रुपेशले राधालाई लिएर सिमराको एक होटलमा गएको देखेर त्यही मनोजले रुपेशलाई मार्ने प्रयास गरेको काफ्लेले बताए। त्यतिबेला हत्या हुनुबाट बचेर आएपनि रुपेशले प्रहरीलाई जानकारी गराएका थिएनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार