झापा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपीले  कोशी प्रदेशका चार जना सांसद् चढेको गाडीलाइ ठक्कर दिएकाे छ । सांसद्हरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्का भएको जानकारी प्राप्त भएको छ । खड्का गाडीमा निदाएका कारण दुर्घटना भएको बताइएको छ ।

पश्चिमबाट पूर्वतर्फ  आउँदै गरेको बा५च ३५२० नम्बरको रातो कारले विराटनगर जाँदै गरेको बीएइ १४०६ नम्बरको सांसद्हरु सवार कारलाई मोरङको कानेपोखरीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । 

बीएई १४०६ नम्बरको कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

सांसद् सवार कारका चालक झापा दमक वडा नं. १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको प्रहरी स्रोतले जनाएको छ । दुर्घटनाका कसैलाई पनि चोटपटक नलागेकाे प्रहरीले जनाएकाे छ ।