मुख्य समाचार
रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु | एउटै डुङ्गाका तीन माझी: रास्वपा महाधिवेशनमा संघीयताको 'त्रिकोणात्मक फन्डा' र विश्लेषकको नजर | भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्प, व्यापक मानवीय क्षतिको आशंका | शिवसताक्षीको बजेट ९४ करोड ८७ लाख ५६ हजार | भद्रपुरकाे बजेट चालु आर्थिक वर्षकाे भन्दा २७ करोड ७४ लाख २२ हजार बढी | झापा गाउँपालिकाकाे बजेट ५३ करोड ९३ लाख ९९ हजार | अर्जुनधाराकाे बजेट ८९ करोड ८५ लाख | बिर्तामोडकाे बजेट १ अर्ब १५ करोड |
मुख्य समाचार
रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु | एउटै डुङ्गाका तीन माझी: रास्वपा महाधिवेशनमा संघीयताको 'त्रिकोणात्मक फन्डा' र विश्लेषकको नजर | भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्प, व्यापक मानवीय क्षतिको आशंका | शिवसताक्षीको बजेट ९४ करोड ८७ लाख ५६ हजार | भद्रपुरकाे बजेट चालु आर्थिक वर्षकाे भन्दा २७ करोड ७४ लाख २२ हजार बढी | झापा गाउँपालिकाकाे बजेट ५३ करोड ९३ लाख ९९ हजार | अर्जुनधाराकाे बजेट ८९ करोड ८५ लाख | बिर्तामोडकाे बजेट १ अर्ब १५ करोड |


रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल

भेषराज नेपाल 61+ समाचार ( )
११ आषाढ २०८३, बिहीबार

झापा / पुराना राजनीतिक दलहरूभन्दा 'फरक र स्मार्ट' भएको दाबी गर्दै आएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असन्तुष्टि उसको पहिलो ऐतिहासिक महाधिवेशनमै छताछुल्ल भएको छ।

भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा फितलो व्यवस्थापन, अपारदर्शी चुनावी प्रक्रिया र उम्मेदवारहरूको वरीयता क्रमलाई लिएर नेता तथा कार्यकर्ताहरूले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। पार्टी सभापतिमा संस्थापक नेता रवि लामिछाने निर्विरोध निर्वाचित भइसके पनि अन्य केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रियामा चरम भद्रगोल देखिएको छ।

महाधिवेशन सुरु हुनु अगावै टुङ्ग्याउनुपर्ने प्रतिनिधिहरूको यकिन नामावली उद्घाटनपछि मात्रै खोज्न थालिएकाले सम्पूर्ण कार्यतालिका प्रभावित बनेको थियो। मधेश प्रदेश लगायतका विभिन्न क्षेत्रबाट प्रतिनिधित्वको नाम छुटेको भन्दै विवाद भएपछि निर्वाचन समितिले पटक–पटक सूचना सच्याउनुपर्‍यो। चितवनको अत्यधिक गर्मीमा दिनभर बन्दसत्रको प्रतीक्षामा बस्नुपरेको र आफ्नै खर्चमा बस्नुपर्दा आर्थिक भार थपिएको भन्दै देशैभरिबाट आएका प्रतिनिधिहरूले सामाजिक सञ्जाल र महाधिवेशन स्थलमै नेतृत्वको तीव्र आलोचना गरेका छन्। कतिपय प्रतिनिधिहरूले त "हामी यहाँ नेताहरूको कुरा सुन्न र भात खान मात्र आएका होइनौँ" भन्दै समयमै प्रक्रिया अघि नबढे नाराबाजी गर्ने चेतावनी समेत दिएका थिए।
यसैबिध, विद्युतीय मतदान मेसिन (EVM) मा उम्मेदवारहरूको नाम राख्ने क्रमसंख्या र अपारदर्शी 'गोप्य सूची' (प्यानल) को विषयलाई लिएर रास्वपाका शीर्ष नेता तथा उम्मेदवारहरू नै सामाजिक सञ्जालमा उत्रिएका छन्। पार्टीका प्रभावशाली नेता एवं उम्मेदवार गणेश कार्कीले आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै भने, "प्रारम्भिक सूचीमा मभन्दा तल दर्ता भएकाहरूको नाम मेरोभन्दा माथि कसरी भयो? मेरोभन्दा पहिले दर्ता गरेकाहरू मभन्दा तल कसरी पुगे? के आधारमा भोटिङ मेसिनमा नामको स्थान तोकियो? निर्वाचन आयोगको यो प्रक्रियामाथि मेरा गम्भीर प्रश्नहरू छन्।" उनी जस्तै अर्का उम्मेदवार उत्तमप्रसाद पौडेलले पनि वर्णानुक्रम (अल्फाबेटिकल अर्डर) समेत नमिलाई नामहरू तलमाथि पारिएको भन्दै आपत्ति जनाएका छन्। त्यस्तै, उम्मेदवार आशिका तामाङले भोटिङ मेसिनमा उम्मेदवारको तस्वीरसमेत नराखिएको र आफ्नो नाम खोज्न मात्रै ५ मिनेट समय खर्चिनुपरेको गुनासो गर्दै "मन लागोस् कि नलागोस्, ६४ जनालाई भोट नहाली अर्कोमा जानै पाइँदैन, भुइँमान्छेले जता पनि दुःख पाउने रहेछ" भनी आक्रोश व्यक्त गरेकी छिन्। उम्मेदवार राजीव खत्रीले लोकतान्त्रिक अभ्यासमा 'नो भोट' को धज्जी उडाइएको आरोप लगाउँदै लेखेका छन्, "संसारमा यस्तो मतदान कतै हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई समेत अनिवार्य भोट दिन बाध्य पारिएको छ।"
बढ्दो असन्तुष्टि र व्यवस्थापकीय कमजोरीबारे रास्वपाका प्रवक्ता मनिष झाले सुरुमा अनुमान गरिएको भन्दा बढी प्रतिनिधि (करिब ४,५००) आएकाले व्यवस्थापनमा केही समस्या र ढिलाइ भएको स्वीकार गरेका छन्। उनले प्रतिनिधिहरूको नामावली सच्याउने क्रममा समय लागेको जानकारी दिएका छन्। उता, रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले भने उम्मेदवारहरूको वरीयता क्रमबारे उठेको विवादको खण्डन गरेका छन् । उनले प्रष्टीकरण दिँदै भने, "हामीले कुनै पनि उम्मेदवारको नाम नियतवश तल–माथि गरेका छैनौँ। उम्मेदवारहरूमध्ये जसले जति नम्बरमा दर्ता गराएको हो, त्यही डेटा इन्ट्रीको समयअनुसार क्रमसंख्या स्वतः मिलेर आएको हो।" यसैबीच, सांसद तोसिमा कार्कीले असन्तुष्टिका बीच प्रतिनिधिहरूलाई संयमित हुन आग्रह गर्दै केन्द्रीय सदस्य र पदाधिकारीको मतदान पूर्ण रूपमा नसकी कसैले पनि चितवन नछोडिदिन अनुरोध गरेकी छिन्।
विवाद र ढिलाइका बीच रास्वपाको केन्द्रीय समिति चयनका लागि बुधबार राति १२ बजे सुरु भएको पहिलो चरणको मतदान बिहीबार मध्याह्न १२:३० बजे सम्पन्न भइसकेको छ। कुल ४ हजार १०० प्रतिनिधिमध्ये करिब ३ हजारभन्दा बढी मत खसेको र केही बेरमै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। 'नयाँ र प्रविधिमैत्री' बन्ने नारा लिएर आएको दलले आफ्नै आन्तरिक निर्वाचन समेत चुस्त र पारदर्शी बनाउन नसकेपछि महाधिवेशन स्थलमा प्रतिनिधिहरूले "पुरानै दलको ढर्रा र थितिहीन पारा" भन्दै नेतृत्वप्रति संशय व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार