मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

मोरङ कारागार असुली प्रकरण: अभिषेक गिरी पक्राउपछि कर्मचारीसहित थप तीन नियन्त्रणमा, कारागारभित्र तनाव र उच्च सुरक्षा सतर्कता

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१५ आषाढ २०८३, सोमबार

झापा / मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाखभन्दा बढी सरकारी भत्ता र श्रमको पारिश्रमिक अवैध रूपमा असुल गरेको प्रकरणमा मुख्य आरोपी अभिषेक गिरी पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानलाई थप तीव्र र फराकिलो बनाएको छ।

प्रहरीले गिरीको बयान र प्रारम्भिक प्रमाणका आधारमा रकम संकलन र ओसारपसारमा संलग्न रहेको आरोपमा कारागारका कार्यालय सहयोगी शिवचन्द्र यादव, भित्र तरकारी आपूर्ति गर्ने विजय कामत र गिरीका निकट सहयोगी दीपक कार्की सहित थप तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।

सुरक्षा निकायको अनुसन्धानबाट गिरीले कारागारभित्रको मेसका लागि तरकारी लैजाने व्यक्तिहरूलाई माध्यम बनाएर कैदीबन्दीबाट संकलन गरिएको नगद रकम बाहिर निकाल्ने गरेको र सहयोगीहरूको बैंक खाता प्रयोग गर्ने गरेको नयाँ तथ्य खुलाशा भएको छ।

यसैबीच, पक्राउ परेका गिरीले अचानक छाती दुखेको गुनासो गरेपछि प्रहरीले उनलाई कडा सुरक्षा निगरानीमा उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको छ।
अर्कोतर्फ, गिरी पक्राउ परेलत्तै मोरङ कारागारभित्रको स्थिति निकै तनावपूर्ण र अशान्त बनेको छ । कारागारभित्रका कैदीबन्दीहरू दुई समूहमा विभाजित भई प्रदर्शनमा उत्रिएका छन्, जहाँ ब्लक ‘बी’ का कैदीबन्दीहरूले गिरीको पक्षमा र वर्तमान चौकीदार राकेश यादवलाई सरुवा गर्न नपाइने मागसहित नाराबाजी गरिरहेका छन् भने ब्लक ‘ए’ का कैदीबन्दीहरूले गिरीमाथि कडा कारबाहीको माग गर्दै विरोध जनाएका छन् ।
कारागार प्रशासन र मोरङ प्रहरीले परिस्थिति नियन्त्रण बाहिर जान नदिन दमकलसहित उच्च सुरक्षा सतर्कता अपनाउनुका साथै वर्तमान चौकीदार यादवलाई कारागारभित्रै राखेर बयान लिने र बैंक कारोबारका पाटोहरूको सूक्ष्म प्राविधिक अनुसन्धान गरिरहेको माेरङ प्रहरीले जानकारी दिएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार