मुख्य समाचार
कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने | सम्पन्न नेतृत्वबीच जनहितको परीक्षा : पारदर्शिता र उत्तरदायित्वको आवश्यकता | हर्मुज जलघाँटीमा अमेरिकी नाकाबन्दी घोषणा, ट्रम्पको धम्कीपछि विश्व युद्धको त्रास बढ्यो | प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक | झापाका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्रीकाे स्वास्थ्यमा समस्या |

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघ झापाद्वारा छलफल , ज्ञापनपत्र बुझाइयो

देश प्रदेश डेस्क 5082+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

झापा / नेपाल पत्रकार महासंघ झापा शाखाले सरकारी विज्ञापन सम्बन्धी सरकारको पछिल्लो निर्णयको विरोधमा आन्दोलनका चरण सुरुवात गरेको छ।

गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिवस्तरीय बैठकले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्णय गरेपछि त्यसको विरोधमा महासंघले विभिन्न चरणका कार्यक्रम सुरुवात गरेको हो।

सोही क्रममा आज महासंघ झापा शाखाको आयोजनामा प्रेस क्लब भद्रपुरको सभाहलमा प्रकाशन गृह, पत्रकार सम्बद्ध संघ–संगठनका अध्यक्षहरु, सम्पादक, सञ्चारकर्मी, बुद्धिजीवी तथा सरोकारवालाहरूको सहभागितामा वृहत् छलफल कार्यक्रम सम्पन्न गरिएको छ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकास पारेका थिए ।

छलफलमा प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर नेपाल आदिवारी जनजाती पत्रकार महासघ झापा शाखाका अध्यक्ष अर्जुन राजवंशी प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का प्रेस चौतरी झापाका अध्यक्ष प्रदिप परियार प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, महासंघ झापाका पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, गणेश पोखरेललगायतले आ-आफ्नो धारण राखेका थिए ।

छलफलमा सहभागीहरूले सरकारको उक्त निर्णयले निजी सञ्चारमाध्यमहरूलाई प्रत्यक्ष रूपमा मारमा पार्ने, प्रेस स्वतन्त्रतामा असर पर्ने लोकतन्त्रकै अस्तित्वमा संकट पर्ने तथा सञ्चार क्षेत्रको सन्तुलित विकासमा बाधा पुग्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार