मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

बोक्रा ताछेर खान नहुने ५ फल

देश प्रदेश डेस्क 5408+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

झापा स्वास्थ्य जीवनको लागि हरेक दिन ताजा फलफूल खानु पर्छ । फलमा हाम्रो शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्त्व पाइन्छ । जुन हाम्रो समग्र स्वास्थ्यका लागि लाभदायक हुन्छन् । फलमा फाइबरको मात्रा धेरै हुन्छ । 

अधिकांश फाइबर बोक्रामा हुन्छ । तर केही मानिसमा हरेक फलफूलको बोक्रा ताछेर मात्रै खाने बानी हुन्छ । यसरी फलफूलको बोक्रा ताछेर खाने बानीले हाम्रो शरीरमा फाइदाभन्दा धेरै हानी पुर्याउन सक्छ । बोक्रा नभएपछि फलबाट फाइबर पाइदैंन अनि कार्बोहाइड्रेट मात्रा बढ्छ । आज चाँहि हामी बोक्रासहित खानु पर्ने केही फलबारे कुराकानी गर्नेछौँ ।

स्याउ:
स्याउ बोक्रा ताछेर कहिले पनि खानु हुन्न । स्याउ बोक्रासहित खाँदा ३३२  प्रतिशत बढी भिटामिन पाइन्छ । यसरी खाँदा हाम्रो शरीरले १४२ प्रतिशत बढी भिटामिन ए, ११५ प्रतिशत बढी भिटामिन सी पाउँछ । अनि २० प्रतिशत बढी क्याल्सियम प्राप्त हुन्छ ।

अम्बा:
तपाई अम्बाको बोक्रा ताछेर खानु हुन्छ ? अम्बाको बोक्रामा ३१ प्रतिशत बढी फाइबर हुन्छ । यसमा कयौँ खाले एन्टीअक्सिडेन्ट पनि हुन्छ ।

 नास्पाती:
कतिलाई नास्पातीको बोक्रा खस्रो लाग्छ । नास्पातीको बोक्रामा पोली न्यूटेंट्स जस्ता हाइड्रोक्साइबेंजोइक एसिड र फ्लाभनोएड्स हुन्छ । यी तत्त्वको मुटु र आँखाको लागि निकै लाभदायक हुन्छ । अनि यसले रक्त नलीहरूलाई पनि बलियो बनाउँछ ।

आरु:
आरुको बोक्रा पनि ताछेर खानु हुँदैन । यसको बोक्रामा एन्टीअक्सिडेन्ट्सको मात्रा ३२८ प्रतिशत धेरै पाइन्छ । यसबाहेक पनि आरुको बोक्रामा क्याल्शियम, भिटामिन, फलेट, म्याग्नेशियम, फस्फोरसको मात्रा धेरै हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

आँप:
फलको राजा नै हो आँप । प्रायः हामी आँपको बोक्रा ताछेरै खान्छौँ । तर यसको बोक्रा पनि फाइदाजनक हुन्छ । यसमा फ्याट बर्न गर्ने क्षमता हुन्छ । आँपको बोक्रामा पोलीफेनोल्स, क्यारोटेनोएड्स, ओमेगा ३, ओमेगा ६ र पोलीस्याचुरेटेड फ्याटी एसिड पनि पाइन्छ । जसमा क्यान्सर विरुद्ध लड्ने क्षमता हुन्छ । पाकेको आँपको हामी प्रायः बोक्रा खाम्दैनौँ । तर बोक्रामा भएको गुणहरू लिन चाहनेले काँचो आँप नताछीकन खान सक्नुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार