मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

धरान नगरकाे दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

झापा / धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबिच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङसम्बन्धी मतभेदका कारण लामो समय कार्यपालिका बैठक नै बस्न नसकेकाे कारणबाट नगरकाे बजेट पारित हुन सकेकाे थिएन ।

विहिबार बसेकाे नगरकाे कार्यपालिकाकाे बैठकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगर सभामा अनुमोदनका लागि प्रस्तुत गरिने सूचना अधिकारी सुशिला अधिकारी प्रसाइले जानकारी दिइन् ।

बैठकले रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको कुल बजेट साथै नीति तथा कार्यक्रम पनि बैठकबाट पारित गरिएको छ ।

यसअघि गत भदौ २६ गते नगर सभा गर्ने तय भए पनि जेनजी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित गरिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि धरान उपमहानगरपालिकाले तीन महिनापछि मात्र बजेट प्रक्रिया अघि बढाएको हो ।

बजेट अभावका कारण धरान उपमहानगरपालिकामा विगत तीन महिनादेखि विकास निर्माण, कर्मचारी पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा र आर्थिक कारोबार ठप्प भएका छन् । नगरप्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबिच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङसम्बन्धी मतभेदका कारण लामो समय कार्यपालिका बैठक नै बस्न सकेको थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार