मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

एकता स्पोर्टिङ फुटबलको सेमिफाइनलमा झापा एफसी

देश प्रदेश डेस्क 5450+ समाचार ( )
ii
२६ अशोज २०८०, शुक्रबार

बिर्तामोड, असोज २६ । राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा एफसीले बुट्टाबारी युनाइटेड एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेल अवधिभर झापाले बुट्टाबारीलाई निक्कै दबाबमा राखेको थियो । उत्कृष्ट फिनिसिङ र लयमा रहेको झापाले बट्टाबारीलाई ५–० गोल अन्तरले हराएको हो ।

झापाका लागि आयुष श्रेष्ठले २९ र ४८ औँ मिनेटमा गोल गरे भने सञ्जय धिमालले ३४ , दिपेश श्रेष्ठले ३८ र राजेश तामाङले ७१ औँ मिनेटमा गोल गरे । बुट्टाबारीका गोलकिपर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उनको ठाउँमा प्रशान्त सेन्चुरीले गोलपोस्ट सम्हालेका थिए ।
आजको खेलको प्लेयर अफ द म्याच झापा एफसीका आयुष श्रेष्ठ भए । उनले नगद तीन हजार पाए ।
प्रतियोगितामा झापाका आठवटा क्लबहरूको सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार