मुख्य समाचार
वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का | सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक |

भवन निर्माण आयोजना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

देश प्रदेश डेस्क 5432+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरूद्ध  मुद्दा दर्ता गरेको छ।

खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएर आयोगले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनले ६ लाख ७० हजार रूपैयाँ घुस लिएको देखेपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार अनुसन्धानको क्रममा यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौं र छैटौं रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रियासम्बन्धी काम अघि बढाइदिए बापत सेवाग्राहीसँग दुई पटक घुस लिएको देखिन्छ।

२०८१ चैत ८ गते पाँचौं रनिङ बिल भुक्तानीका लागि १ लाख र पुन: छैटौं रनिङ बिल भुक्तानीका लागि ५ लाख ७० हजार रूपैयाँ  घुस/रिसवत लिएको देखिएको आयोगका प्रवक्ता पौडेलले बताए।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो छ लाख सत्तरी हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दर्ता गराइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार