मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

काँकडभिट्टाबाट नक्कली नाेटसहित मेसिन बरामद

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

झापा । नेपाली नक्कली नाेट र नाेट बनाउने मेसिनसहित प्रहरीले काँकडभिट्टाबाट बरामद गरेकाे छ । केही दिन अघि प्रहरीले अन्दाजी वेलुका साढे ७ बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टा बजार एरियामा रहेको नेपाल बैंक अगाडी सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरीरहेका तेह्रथुम ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई झापा जिल्ला कन्काई. ८ लक्ष्मीपूर स्थितमा घरकोठा भाडामा लिई बस्दै गरेका  २८ वर्षीय को गणेश भारतीलाई पक्राउ गरेका थियाे ।

 कार्यालयबाट खटिएको गस्ती प्रहरी टोलीले चेकजाँचको क्रममा १०००।-  दरको नेपाली नक्कली (खोटा मुद्रा) १,००,०००।– (एक लाख) सहित फेला पारी  झापा जिल्ला अदालतबाट म्यादथप भई थप अनुसन्धानको क्रममा भारतीले  नक्कली नोट आफैले छपाई गरी चलन गरेको बताएका थिए । त्यसपश्चात प्रहरीले बिहीबार  अन्दाजी १६:३० बजेको समयमा  अनुसन्धान टोली खटी गई भारती  बस्ने गरेको डेराकोठामा तलासी लिँदा बिभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५,३०,६८० (पाँचलाख तीस हजार पाँचसय असी), नक्कली नोट छाप्ने गरेको मेसिन थान-(एक), नोटमा प्रयोग हुने बिभिन्न प्रकारका रंग लगायतका सवुत प्रमाणहरु फेला पारी बरामद गरिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।   
बरामद दसीका सामानहरुः-१००० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा ४७० थान, ४,७०,०००।– (चारलाख सत्तरी हजार)
५०० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा २८२ थान, १,४१,००० (एक लाख एकचालिस हजार)
१०० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा १९०थान, १९,०००।– (उन्नाईस हजार)
५० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा १२ थान,६००। (छसय) ।
२० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा ४ थान, ८० (असी)
प्रिन्टीङ मेसिन १ थान
मोवाईल ३ थान
कैची १ थान
नोट बनाउन प्रयोग भएको कागज कपी २ थान ।
नोट बनाउन प्रयोग गरेको बिभिन्न प्रकारको रंगको खाली वट्टा ४ थान रहेकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार