मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापा अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता फागुन ४ मा

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२९ माघ २०८०, सोमबार

झापा । झापामा अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।  आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तरपालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा जिल्लाको १५ पालिकाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमलाई नगद ७० हजार र उपविजेता टिमलाई नगद ४० हजारसहित ट्रफि प्रदान गरिने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । यस प्रतियोगिताले कर्मचारीहरूलाई खेलमा प्रोत्साहन गर्दै उनीहरूको स्वास्थ्य र तनावरहित तवरले कार्य सम्पादन गर्न अपेक्षा गरिएको उनले बताए । 

प्रतियोगिताको सुरुवाती खेल १२ बजेबाट सुरु हुने र दिनमा तीन वटा खेल सञ्चालन हुने जनाइएको छ । गत वर्ष बिर्तामोड नगरपालिकाले आयोजना गरेको अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको थियो । उपाधि उचालेसँगै २०८० को आयोजक शिवसताक्षी नगरपालिका बनेको हो । प्रतियोगिता झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार