मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

मलेसियामा शिवसताक्षीका प्रधानको हत्या, हत्या गरी नेपाल भाग्ने साहा पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२ पौष २०८०, सोमबार

                                                        मृतक प्रधान

झापा । झापा शिवसताक्षी नगरपालिका ३ बस्ने ४० वर्षीय धनबहादुर प्रधानको मलेसियामा हत्या भएको छ ।

मलेसियाको हर्ता मेन्टेनेन्स कम्पनीमा कार्यरत प्रधानलाई उनीसंगै काम गर्ने महोत्तरीको गौशाला ५ का २४ वर्षीय अनिलकुमार साहा कलुवारले गत मंसिर २५ गते हत्या गरेका हुन् ।

मलेसियामा हत्या गरी भागेका साहालाई प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रधान विगत एक वर्षदेखि सो कम्पनीमा कार्यरत रहेका थिए । हत्या गरेर नेपालतर्फ भागेको जानकारी पाएपछि प्रधानकी श्रीमती उमा धिमाल प्रधानले इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेकी थिइन् । त्यसपछि आफूहरुले पत्रसहित नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख, प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

साहालाई काठमाडौं प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो।उनी आफ्नो हुलिया बदली हिमालयन एयरलाईन्सबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन्।मृतककी श्रीमतीको जाहेरी लिई ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान कार्य भईरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। प्रधान गत वर्षको कात्तिकमा मलेसिया गएका थिए । महिनाको १ लाख २५ हजार रुपैयाँ कमाई गरेका प्रधानले वैदेशिक रोजगारीबाटै परिवार पाल्दै आएका थिए । उनका ४ जना छोराछोरी रहेको बताइएको छ । मृतकको शवलाई नेपाल ल्याउने पहल भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार