मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापा आउँदै गरेको स्कोरपियो उदयपुरमा दुर्घटना,दमकका बस्नेतको मृत्यु, ६ घाइते

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

झापा उदयपुरको कटारीमा स्कोरपियो गाडी दुर्घटना झापाका एकजनाकाे मृत्यु  भएको छ, भने दुर्घटनामा परी ६ जना घाइते भएका छन ।  प्रहरीले दिएकाे जानकारी अनुसार बिहीबार दिउँसो ४ः १० बजेको समयमा मदन भण्डारी लोकमार्ग अन्तरगत कटारी नगरपालिका-६ स्थित सोमबारेमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कोरपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको थियो । गाडीमा सवार चालकसहित सातै जना झापा बासिन्दा हुन् ।  घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटारीका टोलीले घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पठाएको छ । त्यसमध्ये झापा दमक नगरपालिका-३ का ५५ वर्षीय माधव बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाईतेहरुः-

१, चालक जिल्ला झापा दमक न.पा.-०९ बस्ने वर्ष ३८ को देवेन्द्र तामाङको दायाँ हात र बायाँ घुँडामा चोट अवस्था बोल्न सक्ने सामान्य ।

२, सवार जिल्ला झापा दमक न.पा.-१० बस्ने वर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारीको बायाँ गाला र बायाँ हात खुट्टामा चोट अवस्था मध्यम । 

३, सवार जिल्ला झापा दमक न.पा.-०१ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतमको टाउको र बायाँ गाला चोट अवस्था मध्यम ।

४, सवार जिल्ला झापा दमक न.पा.-६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठको टाउको र बायाँ पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य ।

५, सवार जिल्ला झापा दमक न.पा.-०२ बस्ने वर्ष ३८ को नवीन खतिवडाको दायाँ हातमा चोट अवस्था सामान्य ।

६, सवार जिल्ला झापा गौरादह न.पा.-१ बस्ने वर्ष ५४ को भुवन दाहालको टाउको र दायाँ हातमा चोट अवस्था बोल्न सक्ने सामान्य ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार