मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

झापा / सरकारले अधिवक्ता डा. नारायणदत्त कँडेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १५७ (२) बमोजिम कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

यसअघि महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्दै आएकी सविता बराल भण्डारीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। सोही रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो।

महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुने संवैधानिक पद हो। यस पदधारीले सरकारका तर्फबाट फौजदारी मुद्दाको अभियोजन गर्ने, सरकारी वकिलहरूको नेतृत्व गर्ने तथा सरकारवादी मुद्दामा बहस–पैरवी गर्ने जिम्मेवारी वहन गर्छन्।

डा. कँडेल यसअघि विभिन्न चर्चित मुद्दामा कानुन व्यवसायीको रूपमा सक्रिय रहेका थिए, जसमा रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा पनि उनले कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले चाँडै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार