मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

हवाइ शुल्क निश्चित नहुँदा यात्रु मारमा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

झापा  ग्राहकले भद्रपुर –काठमाडौं हवाई सेवाका लागि टिकट गर्न यति नै रकम लाग्छ भन्ने टुंगो हुँदैन ।

एयरलाइन्सहरुको जति पनि भाडादरमा पर्न सकिन्छ । जुन सर्वसाधारणको हैसियतभन्दा बाहिरको कुरा हो । एयरलाइन्सले अधिकतम १२ हजार ३२० रुपैयाँसम्म हवाई शुल्क लिएपछि सर्वसाधारण यात्रु मारमा परेका छन् । एयरलाइन्सहरुले भद्रपुर–काठमाडौका लागि ६ हजार ४०० देखि १२ हजार ३२० रुपैयाँसम्म भाडा दर तोकेका छन् । सर्वसाधारणका लागि सस्तोमा टिकट पाउनु भाग्यको कुरा । आफूले भएभरका एयरलाइन्समा बुझ्दा कुनै पनि एयरलाइन्समा सस्तो टिकट नपाएको एक यात्रुले बताए । उनले सबै एयरलाइन्सले कार्टेलिङ गरेर महँगोमा मात्र टिकट बेचिरहेको आरोप लगाए ।

एयरलाइन्सहरुले तोकिएको दररेटभन्दा बढी भाडा लिन नपाउने भद्रपुर विमानस्थलका सहायक प्रवन्धक किशोरकुमार खत्रीले बताए । उनले तोकिएकोभन्दा बढी भाडा लिए उजुरी गर्न आग्रह गरे । भद्रपुरदेखि काठमाडौ तीनवटा एयरलाइन्सका ९ वटा विमानले दैनिक उडान भर्दै आएका छन् । बुद्ध , यति र सौर्य एयरलाइन्सले सो सेवा दिँदै आएका हुन् ।

२०७८ सालमा सबैभन्दा सस्तो हवाई टिकट रहेको थियो । भद्रपुर–काठमाडौँ उडानको लागि त्यतिबेला बुद्ध एयरले प्रतियात्रु न्यूनतम् भाडा रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार