मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

एमाले युवा संघको चुनावमा नक्कली मतदाता बनेको एक युवक पक्राउ

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघको नयाँ नेतृत्व छान्न मंगलबार भएको निर्वाचनमा नक्कली मतदाताको आरोपमा एक युवक पक्राउ परेका छन्। 

मतदान स्थलमा अर्काको मतदाता परिचय पत्र लिएर मतदान गर्न लागेको भन्दै रौतहटको कटहरिया नगरपालिका– ३ का ३२ वर्षीय जमरु उदिन पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान अघि बढाएको सूचना अधिकारी डिएसपी बस्नेतले जानकारी दिए। 

नक्कली मतदाता बनेर मतदान गर्न गएपछि युवा संघको मतदाता स्थलमा केहीबेर नाराबाजीसमेत भएको थियो।

संघका अध्यक्ष उम्मेदवार सुमन पुरीले अध्यक्षकै अर्का उम्मेदवार क्षितिज थेबे पक्षले नक्कली मतदाता खडा गरेको आरोप लगाएका छन्। 

उदिनलाई प्रहरीले पक्राउ गरेपछि मतदान शान्तिपूर्ण रूपमा अघि बढेको थियो।

डिएसपी बस्नेतले नक्कली मतदाताका विषयमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए।

उनका अनुसार उदिनले आफ्नै  नगरपालिकाबाट चुनिएका अर्का प्रतिनिधिका नाममा मतदान गर्न खोजेका थिए। 

युवा संघ नेपालका इन्चार्ज राजीव पहारीले भने उक्त घटनालाई छिटपुट घटना भएको बताए।

युवा संघको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी युवा भएको र केही उग्र देखिएकाले नियन्त्रणमा लिनुपरेको उनले बताए।

‘त्यो सामान्य घटना हो, यहाँ कोही पनि फर्जी मत खसेको छैन,’ उनले भने, ‘प्रहरीले नियन्त्रणमा लिएको साथी पनि हाम्रै प्रतिनिधि हुनुहुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार