मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |
मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |


आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

देश प्रदेश डेस्क 5488+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

झापा / सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन् । जसमा सांसद डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, सांसद प्रेम सुवालले पनि विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, खानेपानी, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुर्नेछन् ।

संसद् सचिवालयका अनुसार सांसद अमनलाल मोदीले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, सांसद प्रभु साहले ऊर्जा, स्वास्थ्य र खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ रू एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सांसद माधव सापकोटाले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय शीर्षकको खर्च रकममा एक सय घटाइयोस् भन्ने प्रस्ताव र सांसद रणेन्द्र बरालीले रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, सांसद ज्ञानु बस्नेत सुवेदीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा रू १०० घटाइयोस् भन्ने प्रस्ताव र सांसद उर्मिला माझीले खानेपानी मन्त्रालयको शीर्षकको खर्च रकममा घटाइ एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सांसद हितबहादुर तामाङ्गले शिक्षा मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको बैठकमा सांसद अम्मरबहादुर थापाले विनियोजन विधेयक, २०८२ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचि रहेको छ ।

त्यस्तै, सांसद छिरिङ ल्हामुलामा तामाङले परराष्ट्र मन्त्रालय र नारायणी शर्माले श्रम मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

सांसद चित्र बहादुर केसीले विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सांसद गृह मन्त्रालय शीर्षकको खर्च रकममा १०० घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार