मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुन्छ: ओली

देश प्रदेश डेस्क 5487+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार
झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने बताएका छन् ।

नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्पका अभियानअन्तर्गत पाँचथरको फिदिम बृहत् जनसभालाई सम्बोधन गर्दै शनिबार ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान वृद्धि हुने र विकास, समृद्धि आउने बताए ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए ।

ओलीले भने, 'देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।'

यस्तै उनलेे एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए । उनले भने, 'देश विकास हुन सकेको छैन । देश कङ्गालीतर्फ धकेलिंदैछ । सरकारको बेइमानी चिर्न तपाईंहरुले एमालेलाई विश्वास गर्न जरुरी छ ।'
कृषि उत्पादन र प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने ओलीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार