मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

वैदेशिक रोजगारीको ठगी आरोपमा भद्रपुरका सुवेदीसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२ आषाढ २०८२, सोमबार

झापा ।  आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ– ११ बस्ने ३५ वर्षीया दिपा शर्मा र झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २७ को व्रिजेश सुवेदी रहेका छन्।

 शर्माले क्यानडा पठाउने भन्दै पीडितसँग २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। यस्तै, सुवेदीले  यूके पठाइदिने भनी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ।

रकम लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार